फ्रान्समा शिक्षक हड्तालपछि मास्क वितरणसहित थप कामदार खटाउने सरकारको प्रतिवद्धता

पेरिस — फ्रान्सका शिक्षामन्त्रीले बिहीबारको राष्ट्रव्यापी शिक्षक हड्तालपछि सरकारले ५० लाख एफएफपी २ मास्क र तीन हजार तीन सय कामदारहरू करारमा उपलब्ध गराउने बाचा गरेका छन् ।

फ्रान्समा शिक्षक हड्तालपछि मास्क वितरणसहित थप कामदार खटाउने सरकारको प्रतिवद्धता

शिक्षामन्त्री जीन-मिशेल ब्लान्करले सरकारले शैक्षक युनियनहरूसँगको बैठकपछि स्वास्थ्य संकटका सबै चुनौतीहरूसँग लडाइँ गर्दागर्दै शिक्षकहरूको माग पूरा गर्ने बाचा गरेका हुन् ।

बिहीबार फ्रान्समा सरकारको कोरोना महामारी विरुद्धका नियम र असफल व्यवस्थापनको आरोप लगाउँदै शिक्षकहरू देशव्यापी हड्तालमा उत्रिएका थिए । बिहीबार साँझ नै प्रधानमन्त्री, शिक्षामन्त्री र शिक्षक संगठनका युनियनबीच वार्ता भएको थियो।

सरकारले कोभिड–१९ को संकट सम्बोधन गरेको नीतिगत निर्णयमा असन्तुष्टि जनाउँदै बिहीबार दसौं हजार शिक्षक तथा विद्यालय कर्मचारी हड्तालमा उत्रिएका हुन् ।

शिक्षकहरूले कोभिड सङ्क्रमित भएका विद्यार्थीहरूलाई हप्तामा तीन पटक कोरोना परीक्षण गराउने सरकारको नीति लागू नहुने बताएका छन् । शिक्षामन्त्री ब्लान्करले बिहीबार राति ढिलो गरी सरकारले शिक्षकहरूका लागि आवश्यक ५० लाख एफएफपी २ मास्कहरू उपलब्ध गराउने बाचा गरेका हुन् ।

स्वास्थ्य संकटका कारण प्राथमिक विद्यालयका विद्यार्थीहरूको लागि आगामी मूल्याङ्कन अर्को हप्ता हुने र हाइस्कूलका विद्यार्थीहरूको लागि सरकारले मार्चमा गर्ने परीक्षा ढिला गर्ने कि नगर्ने भनेर सम्बन्धित पक्षसँग परामर्श गर्ने सहमतिसमेत गरेको छ ।

प्रकाशित : पुस ३०, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?