कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतमा रेल पल्टिँदा मृत्यु हुनेको संख्या ९ पुग्यो

पर्वत पोर्तेल

काँकडभिट्टा — पूर्वी सीमादेखि करिब सय किलो मिटर टाढा जलपाइगुडी जिल्लास्थित मैनागुडी नजिकै बिहीबार साँझ रेल पल्टिँदा ९ जना यात्रुको मृत्यु भएको छ । त्यस्तै गन्तव्यमा हिँडेका दर्जनौं यात्रु घाइते भएका छन् । 

भारतमा रेल पल्टिँदा मृत्यु हुनेको संख्या ९ पुग्यो

राति उद्धारमा समस्या भएकाले यात्रीहरुको उद्धार जारी छ । धेरै यात्री रेलभित्रै च्यापिएकाले उद्धारमा कठिनाइ भइरहेको र मृतकको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ ।

न्यू जलपाइगुडी (एनजेपी)बाट करिब ५ बजे असमको गुवाहाटीका लागि छुटेको बिकेनार एक्सप्रेस नामक रेल करिब ४२ किलोमिटर यात्रा तय गर्नेबित्तिकै लिकबाट बाहिरिएर अनियन्त्रित भई पल्टिएको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिक्किम एक्सप्रेस दैनिकले जनाएको छ ।

दुर्घटनामा १२ वटा डिब्बा क्षतिग्रस्त भएको छ । पाँचवटा डिब्बा पल्टिएको थियो । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

रेलमा करिब एक हजार यात्रु यात्रारत रहेको रेलवे प्रबन्धक दिलीप कुमार सिंहले जानकारी दिए । उनका अनुसार कोभिडका कारण रेलमा यात्रीको संख्या घट्दो थियो । ‘पूर्ण क्षमताअनुसार यात्रु थिए भने अझै ठूलो मानवीय क्षति हुने थियो ’, सिंहले भने ।

प्रकाशित : पुस ३०, २०७८ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?