३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दिल्लीमा हालसम्मकै उच्च संक्रमण

नयाँदिल्ली — कोभिड संक्रमण फैलिएको पछिल्लो दुई वर्षको अवधिमा दिल्लीमा एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८ सय ६७ मा संक्रमण पुष्टि भएको हो । 

दिल्लीमा हालसम्मकै उच्च संक्रमण

पछिल्लो २४ घण्टामा ३१ जनाको मृत्युसमेत भएको छ । र, संक्रमणको दर ३० प्रतिशत पुगेको छ । यसअघि एकै दिनमा सबैभन्दा बढी गतवर्ष अप्रिल २० का दिन २८ हजार ३ सय ९५ संक्रमित भेटिएका थिए ।

त्यतिबेला संक्रमण दर भने ३२.८२ प्रतिशत थियो । गतवर्ष सबैभन्दा बढी संक्रमण दर भने २२ अप्रिलका दिन ३६.२० थियो । तर त्यस दिन संक्रमितको संख्या भने २० अप्रिलको तुलनामा कम पाइएको थियो । संक्रमित हुनेमध्ये करिब ८० प्रतिशतमा ओमिक्रोन भेरिएन्ट भेटिएको जनाइएको छ । भाइरस नै भेटिएको रिपोर्टहरूमा जनाइएको छ । संक्रमितको संख्याको तुलनामा अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या भने कम देखिएको छ ।

दिल्लीमा सेल्फ किटबाट परीक्षण गर्नेको संख्या पनि ठूलो रहेको पाइएको छ । उनीहरूमा संक्रमण देखिए पनि प्रशासनलाई जानकारी उपलब्ध नहुने भएकाले संक्रमितको संख्या अझै बढी हुने अनुमान छ ।

पसलमा ५० रुपैयाँमा पाइने परीक्षण किटको माग पछिल्ला दिनमा निकै बढेको जनाइएको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले तेस्रो लहरको कोरोना संक्रमण ‘पिक’ मा पुग्दै गरेको संकेतका रूपमा लिन सकिने उल्लेख गरेका छन् ।

प्रकाशित : पुस ३०, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?