२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जर्मनीमा हालसम्मकै उच्च कोरोना संक्रमण‚ एकै दिन थपिए ८० हजार संक्रमित

रासस

बर्लिन — जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड-१९ का संक्रमितहरू बढिरहेका छन् । जर्मनीका स्वास्थ्य अधिकारीहरूका अनुसार बुधबारमात्र ८० हजार ४ सय ३० कोरोना संक्रमित भेटिएका छन् ।

जर्मनीमा हालसम्मकै उच्च कोरोना संक्रमण‚ एकै दिन थपिए ८० हजार संक्रमित

यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको सबैभन्दा धेरै संख्या हो । यहाँका अधिकारीहरूले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन् । उनीहरूका अनुसार जर्मनीमा ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन्

त्यस्तै जर्मनीका करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर‚ पछिल्लो समय ठूलो संख्यामा जर्मनहरूमा संक्रमण देखिएको छ । उता यूरोपका अधिकांश देशमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड संक्रमण फैलने चेतावनी दिएको छ ।

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै यूरोपका विभिन्न देशको संक्रमणदर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो । पश्चिमबाट पूर्वतर्फ फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण यूरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए ।

प्रकाशित : पुस २९, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?