२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भारतमा एकै दिन साढे २ लाखलाई कोरोना‚ सीमावर्ती राज्यमा पनि संक्रमण बढ्दै

काठमाडौँ — भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र हुँदै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख  ४७ हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भारतमा एकै दिन साढे २ लाखलाई कोरोना‚ सीमावर्ती राज्यमा पनि संक्रमण बढ्दै

यो बुधबारको भन्दा २७ प्रतिशत बढी हो । बुधबार १ लाख ९४ हजार ७ सय २० जनामा संक्रमण देखिएको थियो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ५ हजार ४ सय ८८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ४६ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राजधानीसमेत रहेको दिल्लीमा थप २७ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पश्चिम बंगालमा २२ हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्नाटकमा २१ हजार ३ सय ९० जना‚ केरलामामा १२ हजार ७ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी नेपालको सीमावर्ती राज्य बिहारमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय १३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३७९ जनाको मृत्यु भएको छ भने ८४ हजार ८ सय २५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ रहेको छ ।

संक्रमण बढेसँगै भारतका विभिन्न राज्यमा कडा स्वास्थ्य मापदण्ड लागू गरिएको छ । दिल्लीमा अत्यावश्यकबाहेक सबै निजी कार्यालय बन्द गराइएको छ भने रेस्टुरेन्टहरूलाई होम डेलिभरी र प्याकिङको सेवा मात्र सञ्चालन गर्न भनिएको छ ।

प्रकाशित : पुस २९, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?