उत्तर कोरियाद्वारा फेरि अज्ञात क्षेप्यास्त्र प्रक्षेपण- विश्व - कान्तिपुर समाचार

उत्तर कोरियाद्वारा फेरि अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

रासस

सोल — उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका ज्वइन्ट चिफ अफ स्टाफले दाबी गरेको छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको छ । 

यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ । जापानिज कोस्ट गार्ड (जेसीएस)ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताएका हुन् । यसबारेमा अझै पनि यकीन भने हुन सकेको छैन । उत्तर कोरियाले प्रक्षेपण गरेको यो क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । मंगलबारको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेको बताइएको छ ।

गतबुधबार उत्तर कोरियाले हाइपरसोनिक मिसाइल समुद्रतर्फ प्रक्षेपण गरेको थियो । यसै हप्ता उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र हानेको छ ।

यो पनि

प्रकाशित : पुस २७, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्

स्वागत र बिदाइमा नआउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको अनुरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ । 

कोभिड -९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ ।

हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआउन कार्यालयले सूचना जारी गरेको छ ।

'यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआई दिन यस कार्यालयबाट पटक पटक विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन,' कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, 'कोभिड १९ का विभिन्न भेरिएन्ट उत्परिवर्तन भैरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा कोभिड-१९ तीव्र रुपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरिएन्टको संक्रमण समेतबाट आफू बच्न तथा अरुलाई बचाउन विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन हुनका साथै हवाई यात्रा गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालाहरुसँग विशेष अनुरोध गरिन्छ ।'

त्यस्तै अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास पनि उपलब्ध नगराइने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : पुस २७, २०७८ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×