भारतमा एकै दिन थपिए १ लाख ७० हजार संक्रमित‚ ४ सयलाई ओमिक्रोन

नयाँदिल्ली — भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १ लाख  ६८ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो लहरमा संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो ।

भारतमा एकै दिन थपिए १ लाख ७० हजार संक्रमित‚ ४ सयलाई ओमिक्रोन

यस अवधिमा २ सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमित ८ लाख २१ हजार ४ सय ४६ पुगेका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी ३३ हजार ४ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

दोस्रो लहरका बेला गतवर्ष लहर सुरु भएको ५६ दिनपछि देशभरमा संक्रमितको संख्या १ लाख पार गरेको थियो । अहिले नयाँ भेरिएन्ट फैलिएको १० दिनमै संक्रमित संख्या एक लाख नाघिसकेको छ ।

गत २४ घण्टामा ४ सयभन्दा बढी ओमिक्रोनका संक्रमित देखिएको भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

प्रकाशित : पुस २७, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?