कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतमा कोरोनाको तेस्रो लहरबीच चुनावको तयारी

राजेश मिश्र

नयाँ दिल्ली — भारतका पाँच राज्यमा आगामी महिना विधानसभाको निर्वाचन घोषणा गरिएको छ । कोरोनाको तेस्रो लहरले पूरै भारतलाई प्रभावित पारेका बेला निर्वाचन आयोगले शनिबार उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, पन्जाब र गोवामा फेब्रुअरी महिनाभर चुनाव हुने मिति सार्वजनिक गरेको छ ।

भारतमा कोरोनाको तेस्रो लहरबीच चुनावको तयारी

भारतको संविधान र कानुनले संकटकाल वाहेकको अवस्थामा चुनाव सार्ने ठाउँ दिएको छैन । चुनावको मिति घोषणाको अधिकार निर्वाचन आयोगसँग सुरक्षित छ । त्यसै अनुसार आयोगले विधानसभाको कार्यकाल पाँच वर्ष पूरा गर्न लागेका राज्यहरूमा चुनाव गराउने घोषणा गरेको छ ।

ठूलो जनसंख्या भूगोल रहेको उत्तर प्रदेशमा ७ चरणमा मतदान हुनेछ । १० फेब्रुअरीबाट सुरु भएर ३ मार्चसम्म त्यहाँ मतदान हुने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

उत्तराखण्ड, पन्जाब र गोवामा एकै चरणमा १४ फेब्रुअरीका दिन मतदान हुनेछ । त्यस्तै, मणिपुरमा भने दुई चरणमा २७ फेब्रुअरी र ३ मार्चमा मतदान तोकिएको छ । मतगणना भने पाँचवटै प्रदेशमा एकैसाथ १० मार्चबाट सुरु हुनेछ ।

पत्रकार सम्मेलनमा मुख्य आयुक्त चन्द्राले कोरोनालाई लिएर जारी गाइडलाइनको पालना गर्दै चुनावी प्रक्रिया पूरा गरिने बताए । कोरोनालई हेर्दै विगतको भन्दा मतदान केन्द्र बढाइएको तथा हरेक केन्द्रमा सेनिटाइजर, मास्क लगायत सामग्री पनि उपलब्ध रहने गरी तयारी गरिने बताइएको छ। कोरोना संक्रमितका लागि पोस्टल ब्यालेटको व्यवस्था गरिने आयोगले जनाएको छ ।

पाँच राज्यमा ६ सय ९० विधानसभा क्षेत्रका लागि मतदान हुने र त्यसमा १८ करोड ३ लाख मतदातालाई मतदानको अधिकार रहेको चन्द्राले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । १८ वर्ष उमेर पुगेका नागरिकलाई भारतमा मदतानको अधिकार प्राप्त हुन्छ ।

प्रकाशित : पुस २४, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?