३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बिहारमा जसले गरे कोभिडविरुद्धको ११ डोज भ्याक्सिन लिएको दाबी !

काठमाडौँ — बिहारको मधेपुरा जिल्लाका एक व्यक्तिले आफूले ११ डोज कोरोनाविरुद्धको भ्याक्सिन लिएको दाबी गरेका छन् । हाल बिहारको पुरैनीमा रहँदै आएका ८४ वर्षीय ब्रह्मदेव मण्डलले भ्याक्सिन लगाउन सुरु गरेदेखि आफूलाई कुनै पनि रोगले नछोएको र पूर्ण रुपमा स्वस्थ रहेको दाबी गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

बिहारमा जसले गरे कोभिडविरुद्धको ११ डोज भ्याक्सिन लिएको दाबी !

यसैगरी मधेपुराकै सिभिल शल्यचिकित्सक डा अमरेन्द्र प्रताप शाहीले भने मण्डलको दाबी साँचो भए/नभएको बारेमा अनुसन्धान हुने बताएका छन् ।

मण्डलले भ्याक्सिन लगाएको अस्पतालमा भएको रेकर्ड हेरेपछि थाहा हुने भन्दै यदि यो कुरा साँचो रहेछ भने सम्बन्धित व्यक्तिविरुद्ध कारबाही हुने डा शाहीले दाबी गरेका छन् ।

अहिले भारतमा कोरोना संक्रमणको तेस्रो लहर चलिरहेको छ । बुधबारमात्रै भारतमा ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । गतमहिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १० देखि ६० वर्षमाथि उमेरसमूहका नागरिकलाई कोभिडविरुद्धको तेस्रो डोज भ्याक्सिन लगाइने बताएका थिए । अहिलेसम्म भारतमा भ्याक्सिनको दुई डोजमात्र लगाउन मिल्नेगरी अनुमति दिइएको छ ।

प्रकाशित : पुस २२, २०७८ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?