कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको उत्तर कोरियाको दाबी

काठमाडौँ — उत्तर कोरियाले बुधबार हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ । बुधबार समुद्रतर्फ प्रहार गरिएको अज्ञात क्षेप्यास्त्र ब्यालिस्टिक मिसाइल हुन सक्ने जापानिज कोस्ट गार्ड (जेसीएस) ले जनाएको थियो । तर‚ उत्तर कोरियाले भने आधिकारिक रूपमा त्यसबारे जानकारी दिएको थिएन । 

हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले यसअघि पनि ‘होन्सोङ–८’ नामक हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले गरेको सन् २०२२ को यो नै पहिलो प्रक्षेपण भएको बीबीसीले जनाएको छ ।

अहिले गरिएको प्रक्षेपण भने यसअघिको होन्सोङ-८ जस्तो नभएको रोयटर्सले जनाएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार यो मिसाइल सात सय किलोमिटर परसम्म प्रहार गरिएको हो ।

उत्तर कोरियाको नयाँ हतियार प्रणालीमा ‘सबैभन्दा ५ महत्त्वपूर्ण हतियारमध्ये’ यो पनि एक भएको बताइएको छ । यसलाई उत्तरले रणनीतिक हतियारका रूपमा लिएको छ । संयुक्त राष्ट्रसंघले लगाएको कडा प्रतिबन्धलाई बेवास्ता गर्दै उत्तर कोरियाले नयाँ नयाँ हतियारहरू परीक्षण गरिरहेको छ ।

उत्तर कोरियाले गतवर्षको सेप्टेम्बरमा एक महिनाभित्रै तीनवटा मिसाइल परीक्षण गरिसकेको छ । यसभन्दा पहिले उसले हाइपरसोनिक मिसाइल एउटा क्रुज र अर्को ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको थियो ।

प्रकाशित : पुस २२, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?