२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एक वर्षमा ४५ पत्रकारको हत्या

एजेन्सी

काठमाडौँ — सन् २०२१ एक वर्षको अवधिमा विश्वभर ४५ जना पत्रकार तथा मिडियाकर्मीहरू मारिएको तथ्यांक सार्वजनिक भएको छ । तीमध्ये सबैभन्दा धेरै पत्रकार अफगानिस्तानमा मारिए ।

एक वर्षमा ४५ पत्रकारको हत्या

विश्वका पत्रकारहरूको ठूलो संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघले यस्तो तथ्यांक शुक्रबार सार्वजनिक गरेको हो । उक्त तथ्यांक ३० वर्षयता वर्षभरी सबैभन्दा कम मृत्युको आंकडा हो । महासंघले कामको शिलशिलामा मारिएका पत्रकारहरूको तथ्यांक १९९१ देखि वार्षिक प्रतिवेदन मार्फत् प्रकाशन गर्दैआएको छ ।

सन् २०२० मा भने मारिने पत्रकारको संख्या ६५ थियो । जवकि २०२१ मा २० देशका ४५ पत्रकार कामको शिलशिलामा मारिएका हुन् । भ्रष्टाचार, अनियमितता, शक्ति दुरुपयोग विरुद्ध लेख्ने क्रममा मारिएका पत्रकारहरूको सूची महासंघले सार्वजनिक गरेको हो ।

महासंघका महासचिव एन्थोनी बेलेन्जरले मारिएका पत्रकारहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै दु:ख व्यक्त गरेका छन् । साथै न्यायका लागि प्रयास गर्नु नै उनीहरूले दिएको जीवनप्रति श्रद्धाञ्जली प्रकट हुने महासचिव बेलेन्जरको भनाइ छ ।

अन्तर्राष्ट्रिय मत्रकार महासंघलाई विश्वका ६ लाख पत्रकारहरूको प्रतिनिधिमुलक संस्थाको रुपमा मानिन्छ । महासंघका अनुसार मारिएका ४५ जनामध्ये ३३ जनामाथि प्रत्यक्ष आक्रमण भएको थियो । ९ जना अफगानिस्तानमा मारिएका थिए । ४ जना भारतमा र ३ जना पाकिस्तानमा मारिएको महासंघको तथ्यांकमा उल्लेख छ । महासंघका अनुसार सन् १९९१ यता विश्वभर जम्मा २ हजार ७ सय २१ पत्रकार मारिएका छन् ।

प्रकाशित : पुस १६, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?