चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

रासस, सिन्ह्वा

बेइजिङ — सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश वर्षमा करिब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) ले मंगलबार जनाएको छ ।

फाइल तस्बिर : रोयटर्स

चिनियाँ महिलाहरूको विकासका लागि रूपरेखा (२०११–२०२०) को अनुगमन परिणामबारे एनबीएसको प्रतिवेदनमा भनिएको छ, 'विगत एक दशकमा चिनियाँ महिलाको सामाजिक हैसियत उल्लेख्य रूपमा उठाइएको छ र उनीहरूको उपलब्धि, सुख र सुरक्षाको भावना नाटकीय रूपमा बढेको छ ।'

अनिवार्य शिक्षामा लिंगको अन्तर समाप्त भएको छ । प्राथमिक विद्यालय उमेरका बालिकाको शुद्ध भर्नादर सन् २०१५ देखि लगातार ६ वर्षसम्म ९९.९ प्रतिशतभन्दा बढी रहेको छ । जुन केटाहरूको दरसँग मिल्दो छ ।

विगत एक दशकमा रोजगारीका लागि नीतिगत सुधार र व्यवसाय सुरु भएसँगै महिलाका लागि रोजगारीको माध्यम विस्तार भएको छ । कर्मचारीतन्त्रमा महिलाको सङ्ख्या पनि निरन्तर बढेको देखिएको छ । गत वर्ष सहरी कार्य एकाइहरूमा ६७.७९ करोड महिला कर्मचारीहरू थिए र यो सन् २०१० देखि ३९.५ प्रतिशत थियो ।

रिपोर्ट अनुसार हाल चीनको कुल रोजगारको ४३.५ प्रतिशत महिलाहरू छन् । एक दशकको अवधिमा लैंगिक समानता र महिलाको सर्वांगीण विकासलाई अघि बढाउन ऐतिहासिक प्रगति भए पनि कतिपय क्षेत्रमा महिला अधिकार र हितको संरक्षण अझै बलियो बनाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : पुस ६, २०७८ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्

सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा २० को मृत्यु

रासस, सिन्ह्वा

मोगादिसु — सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र अरु तीन जना यहाँको राष्ट्रिय सेनाका सदस्य रहेका छन् । सोमालियाली सेनाका एक अधिकारीले सो भिडन्तका क्रममा अरु ४० जना विद्रोही घाइते भएका बताएका छन् ।

शनिबार बिहान सोमाली सेनाले सहयोग गरेको गालमुदग समूह र यहाँको इस्लामिक विद्रोही समूहका बीचमा लामो समयसम्म भिडन्त भएको थियो । भिडन्तपछि कतिपय इस्लामिक विद्रोही समूहका उच्च तहका कमाण्डरहरु पनि मारिएको बताइएको छ । सो नगरमा यसअघि विद्रोहीले कब्जा गरेको जनाएका थिए । सो कब्जाबाट छुटाउनका लागि यहाँको सेनाले पनि आफ्नो समर्थनको सशस्त्र समूहलाई अघि सारेको थियो ।

शनिबारको लामो भिडन्तपछि उक्त नगर विद्रोहीको कब्जाबाट फिर्ता लिइएको सोमाली सेनाले जनाएको छ । सो नगरमा पहिले पनि यस्तै प्रकारको भिडन्त हुँदा दर्जनौँ मानिसको ज्यान गएको थियो ।

प्रकाशित : कार्तिक ७, २०७८ १३:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×