फिलिपिन्समा आँधीले हजारौं विस्थापित

एजेन्सी

मनिला — फिलिपिन्समा बिहीबार आएको सुपर टाइफुन ‘राई’ का कारण हजारौं मानिसहरू विस्थापित भएका छन् । अधिकारीका अनुसार घर तथा तटीय क्षेत्रका रिसोर्टहरू छाडेर पर्यटकहरू भागेका छन् ।

फिलिपिन्समा आँधीले हजारौं विस्थापित

आँधीका कारण १ सय ८५ किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चलेको थियो । हावाको गति १ सय ९५ किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने अधिकारीहरुले चेतावनी दिएका छन् । जसका कारण थप क्षति हुने अनुमान गरिएको छ । आँधीका कारण ४५ हजार भन्दा बढी धेरै मानिसले नयाँ आश्रयस्थलको खोजी गरेका राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ ।

शनिबारसम्म साउथ चाइना सागरबाट भियतनामतर्फ जानुअघि राईले भिसायास क्षेत्र तथा मिन्डानाओ र पलावान टापुहरू पार गर्ने क्रममा केही कमजोर हुने अपेक्षा गरिएको छ ।

फिलिपिन्समा प्रत्येक वर्ष औसत २० ओटा आँधी आउने गरेका छन् । जसका कारण तटीय क्षेत्रका घर, पसल तथा अन्य संरचनाहहरूमा क्षति पुग्ने गरेको छ ।

प्रकाशित : पुस २, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?