कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

एएफपी

बर्लिन — जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् । वर्तमान अर्थ मन्त्री समेत रहेका ओलाफलाई बुधबारको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एन्जेला मर्केलको उत्तराधीकारीको रुपमा उदय भएको छ ।

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिबरल फ्री डेमोक्रेटस् (एफडीपी)सँग गठबन्धन गरेकाले उनी चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो ।

बिदा हुन लागेकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेका हुन् ।

झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले बिदा लिन लागेकी हुन् । चान्सलर हुँदा उनी सधैं विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएका थिइन् ।

प्रकाशित : मंसिर २२, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?