केन्यामा प्रहरी अधिकृतद्वारा अन्धाधुन्ध गोली प्रहार, आफ्नै पत्‍नीसहित ६ जनाको हत्या

एजेन्सी

नैरोबी — केन्यामा एक प्रहरी अधिकृतको गोली प्रहारबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना प्रहरी अधिकृतकी श्रीमति पनि हुन् ।

केन्यामा प्रहरी अधिकृतद्वारा अन्धाधुन्ध गोली प्रहार, आफ्नै पत्‍नीसहित ६ जनाको हत्या

मंगलबार बिहान ती प्रहरी अधिकृतले एके ४७ (AK-47) प्रहार गरेका थिए । स्थानीयहरूले ती अधिकृतको घरबाट बिहान ठूलो आवाज सुनिएको प्रतिक्रिया दिएका छन् । बेन्सोन इम्बासी नाम गरेका प्रहरी अधिकृतले यस्तो घटना गरेको बताइएको छ ।

घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जहाँ ६ जना मारिएको देखिएको थियो । गोलीकाण्डको कारण यकिन भइसकेको छैन । यद्यपि दम्पत्तीबीच झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राजधानी नैरोबी नजिककै काबेतेमा यस्तो घटना भएको हो । एएफपीका अनुसार स्थानीयहरूले प्रहरीसमक्ष वयान दिने क्रममा ती प्रहरी अधिकृतको दम्पतीबीच झगडा हुने गरेको बताएका थिए ।

प्रहरीका अनुसार ती अधिकृतले आफ्नी श्रीमतिलाई गोली प्रहार गरेपछि आवेगमा अरु निर्दोष व्यक्तिहरूमाथि पनि अन्धाधुन्ध गोली चलाएका थिए । मारिनेमा २ जना ट्याक्सी चालक भएको बताइएको छ । गोलीकाण्डमा २ जना घाइते छन् । उनीहरूको नजिकको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : मंसिर २१, २०७८ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?