कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोहिंग्या समुदायविरुद्ध घृणा फैलाएको भन्दै फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति माग

काठमाडौँ — अमेरिका र बेलायतमा रहेका रोहिंग्या शरणार्थीहरूले घृणा फैलाएको भन्दै फेसबुकविरुद्ध मुद्दा हालेका छन् । रोहिंग्या समुदायविरुद्ध घृणा फैलाएको भन्दै उनीहरूले क्षतिपूर्तिस्वरूप १५० अर्ब डलर मागेका छन् । 

रोहिंग्या समुदायविरुद्ध घृणा फैलाएको भन्दै फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति माग

फेसबुकले अल्पसंख्यक रोहिंग्या समुदायमाथि हिंसा बढाएको पनि उनीहरूले आरोप लगाएका छन् । बौद्ध बाहुल्य म्यानमारमा सन् २०१७ मा गरिएको सैन्य कारबाहीमा करिब १० हजार रोहिंग्या मारिएका थिए । फेसबुक(मेटा) ले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीलाई वर्षौंदेखि घृणित र गलत सूचनासहित सामग्रीको प्रचारप्रसारमा रोक नलगाइएको आरोपसमेत लागेको छ ।

बीबीसीका अनुसार फेसबुकविरुद्ध एल्गोरिदम प्रयोग गरेर रोहिंग्या समुदायविरुद्ध घृणा फैलाइएको आरोप लगाएको छ । रोहिंग्याविरुद्ध घृणा फैलाइएका पेज र पोस्ट नहटाएको पनि फेसबुकमाथि आरोप लागेको छ । त्यस्तै अमेरिकाको सानफ्रान्सिस्कोमा पनि फेसबुकविरुद्ध मुद्दा हालिएको छ ।

म्यानमारमा २ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ता रहेका छन् । म्यानमारमा सूचनाको पहुँचका लागि सामाजिक सञ्जाल नै भरपर्दो मानिन्छ । सन् २०१८ मा भने फेसबुकले म्यानमारमा घृणा फैलाउने पोस्ट रोक्न नसकेको स्वीकार गरेको थियो ।

प्रकाशित : मंसिर २१, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?