८०० वर्ष पुरानो मानव कंकाल डोरीले बाँधिएको अवस्थामा भेटियो- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८०० वर्ष पुरानो मानव कंकाल डोरीले बाँधिएको अवस्थामा भेटियो

एजेन्सी

वासिङटन — विज्ञ तथा अनुसन्धाताहरूको एक टोलीले पेरुको समुद्री तटमा कम्तीमा ८०० वर्ष पुरानो मानव कंकाल फेला पारेको छ । उत्खननमा सहभागी एक पुरातत्वविद्‍का अनुसार उक्त अस्थिपञ्जर समुद्री तट र दक्षिण अमेरिकी मुलुकबीच क्षेत्रबीचको संस्कृतिको व्यक्तिको थियो ।


यद्यपि उक्त व्यक्तिको लैंगिक पहिचान भने खुल्न सकेको छैन । पूरातत्वविद्‍ पिटर भान डलेन लुनाका अनुसार उक्त अस्थिपञ्जर लिमा क्षेत्रमा फेला परेको थियो ।

उक्त शव शरीरलाई डोरीले बाँधिएको र हातले अनुहार छोपिएको अवस्थामा रहेको पनि लुनाले बताएका छन् । तर यस्तो अवस्थालाई त्यस क्षेत्रको स्तानीय अन्त्येष्टिको संस्कारको रुपमा व्याख्या गरिएको छ । यूनिभर्सिटी अफ सान मार्कोसको अनुसन्धान टोलीले उक्त शव फेला पारेको हो । विज्ञ टोलीले उक्त मानव कंकालबारे थप अनुसन्धान गर्ने पनि जनाएको छ ।

विज्ञ टोलीले ती व्यक्ति उच्च एन्डियन क्षेत्रको भएको दाबी गरेको छ । शव भएको चिहानमा तरकारीका अवशेष र ढुंगाका औजार लगायत चिजहरू पनि राखिएको बताइएको छ । ऐतिहासिक मानव सभ्यता तथा अन्य पूरातात्विक अध्ययनका लागि पेरुलाई एक महत्वपूर्ण गन्तब्यको रुपमा लिइन्छ ।

प्रकाशित : मंसिर १९, २०७८ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपाको प्रमाणपत्र वितरण कार्यक्रममा आएनन् थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरूको उपस्थिति भए पनि थापा भने उपस्थित भएनन् । राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

उनले अब छिट्टै राजसंस्था आउनेमा बधाइ भन्दै पूर्वयुवराज्ञी हिमानी शाहलाई व्यंग्यसमेत गरेका थिए । आइतबार नै थापाले आफू निकट कार्यकर्ताहरूको भेलासमेत बोलाएका छन् ।

२०६१ सालदेखि लगातार अध्यक्ष रहेका थापा पछिल्लो महाधिवेशनमा लिङदेनबाट १९९ मतान्तरले पराजित भएका हुन् । शनिबार राति सम्पन्न मतगणना अनुसार लिङदेनले १८१७ मत ल्याएका थिए भने थापा १६१८ मतमा सिमित भए ।

लिङ्देनको विजय : नेतृत्व पुस्तान्तरण कि निर्मल निवासको शक्ति आर्जन ?


प्रकाशित : मंसिर १९, २०७८ १५:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×