केन्यामा बाढीले बस बगाउँदा २३ को मृत्यु

केन्या — केन्यामा बसलाई एन्जिउ नदीमा बाढीले बगाउँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सबै यात्रुहरू विवाह समारोहका लागि जाँदैथिए ।

शनिबार कितुइस्थित एन्जिउ नदीमा भएको उक्त दुर्घटनालाई स्थानीय अधिकारीहरूले डरलाग्दो भन्दै टिप्पणी गरेका छन् ।

केन्यामा बाढीले बस बगाउँदा २३ को मृत्यु

स्थानीय मिडियाले भने मृतकको संख्या २३ भन्दा बढी रहेको दाबी गरेका छन् ।

दुर्घटनापछि केही यात्रुहरू हराइरहेकाले सुरक्षाकर्मी र स्वयंसेवकहरूले खोजी कार्य तीव्र पारेका छन् । यस क्रममा १२ जनाको उद्धारसमेत भएको बताइएको छ । जसमध्ये चार बालबालिका थिए ।

यद्यपि बसमा कति यात्रु थिए भन्नेबारे यकिन भएको छैन । स्थानीयहरूले दुर्घटनास्थलमा नदीको बहाव अत्यधिक बढेको बताएका छन् । जसले गर्दा उद्धार कार्य प्रभावित भएको छ ।

दुर्घटनापछि केन्याका उपराष्ट्रपति विलियम रुतोले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । केन्यामा भारी वर्षाका कारण अरु स्थानमा पनि थुप्रै सडक अवरुद्ध बनेका छन् ।

प्रकाशित : मंसिर १९, २०७८ ००:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?