यूएईले फ्रान्ससँग ८० लडाकु विमान र १२ सैन्य हेलिकोप्टर किन्ने

काठमाडौँ — फ्रान्स र संयुक्त अरब इमिरेट्स(यूएई) बीच शुक्रबार एक महत्त्वपूर्ण रक्षा सम्झौता भएको छ । यूएईले फ्रान्ससँग ८० रफाल लडाकु विमान र १२ सैन्य हेलिकोप्टर किन्ने सम्झौता गरेको छ ।

यूएईले फ्रान्ससँग ८० लडाकु विमान र १२ सैन्य हेलिकोप्टर किन्ने

करिब १९.२० अर्ब अमेरिकी डलरबराबरको उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने बताइएका छन् । समाचार संस्था रोयटर्सका अनुसार फ्रान्सेली लडाकु विमानको अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी सम्झौता हो । फ्रान्सका राष्ट्रपति इम्मानुएन म्याक्रोंको दुईदिने खाडी भ्रमणका क्रममा यो सम्झौता भएको हो ।

राष्ट्रपति म्याक्रोंले कतार र साउदी अरबको भ्रमण पनि गर्नेछन् । फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले यस सम्झौतालाई 'ऐतिहासिक' संज्ञा दिएका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयका अनुसार दुबई एक्स्पो २०२० का अवसरमा राजकुमार शेख मोहम्मद बिन जायद र म्यांक्रोले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

खाडी मुलुकहरू अमेरिकासँगको सम्बन्धका बारेमा अनिश्चितता बनिरहेका बेला फ्रान्सका राष्ट्रपति म्यांक्रोको भ्रमण भएको हो । यसै वर्ष ग्रीस, इजिप्ट र क्रोएसियाले पनि फ्रान्ससँग रक्षा सम्झौता गरेका थिए ।

प्रकाशित : मंसिर १८, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?