कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सबै देशले ओमिक्रोन भेरियन्ट फैलिन नदिन निगरानी बढाउनुपर्छ : डा. पूनम खेत्रपाल

काठमाडौँ — विश्व स्वास्थ्य संगठनकी दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले सबै देशहरुले छिटोभन्दा छिटो ओमिक्रोन भेरिएन्टको निगरानी बढाउन, सतर्क रहन र कुनै पनि आयातलाई तीव्र रुपमा पत्ता लगाउन आग्रह गरेकी छिन् । 

सबै देशले ओमिक्रोन भेरियन्ट फैलिन नदिन निगरानी बढाउनुपर्छ : डा. पूनम खेत्रपाल

उनले भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।

दक्षिणपूर्वी एसियामा कोरोना पुष्टिको विषयमा सम्बोधन गर्दै उनले सबै देशले व्यापक र अनुकूल जनस्वास्थ्यका उपायहरुको कडा पालना गरिनु आवश्यक रहेको बताइन् ।

‘ओमिक्रोन भेरिएन्टमा धेरै संख्यामा उत्परिवर्तनहरु छन्, जसमध्ये केही चिन्ताजनक छन् । विश्वभरका अनुसन्धानकर्ताहरुले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नको लागि अध्ययन भइरहेका छन् । डब्लुएचओ नयाँ भेरिएन्ट अफ कन्सर्नको केसहरु पत्ता लगाउन र रिपोर्ट गर्न सक्षम देशहरुको प्रशंसा गर्दछ ,’उनले सम्बोधनमा भनेकी छिन् ।


प्रकाशित : मंसिर १८, २०७८ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?