१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

भारतको केरलमा कम्युनिस्ट नेताको हत्या, घटनामा आरएसएस संलग्न भएको आरोप

काठमाडौँ — भारतको केरलमा एक जना कम्युनिस्ट नेताको हत्या भएको छ । केरलको तिरुवल्लामा बिहीबार सीपीआईएम(एम) का स्थानीय सचिव सन्दीप कुमारको हत्या भएको हो ।

भारतको केरलमा कम्युनिस्ट नेताको हत्या, घटनामा आरएसएस संलग्न भएको आरोप

बिहीबार राति ८ बजे चक्कु प्रहार गरी उनको हत्या भएको समाचार संस्था एएनआईले जनाएको छ । प्रहरीका अनुसार उनको शरीरका ११ ठाउँका चक्कु प्रहारबाट घाउ भएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको बथाइएको छ ।

प्रहरीका अनुसार सन्दीपले एक जना कथित रूपमा नशामा रहेका एक जना व्यक्ति र पसलेबीच भएको विवाद सुल्झाउन खोजेका थिए । त्यसपछि उनको मोटरसाइकललाई पछ्याइयो र उनको हत्या गरियो ।

सीपीआई(एम) ले घटनाको कडा निन्दा गर्दै हत्याका लागि राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस) लाई जिम्मेवार ठहराएको छ । पार्टीले ट्विट गर्दै भनेको छ, 'आरएसएसले हाम्रा अर्का एकजना कामरेडको हत्या गरेको छ । सीपीआई(एम) का स्थानीय सचिव पीबी सन्दीपको तिरुवल्लाका परिनगरामा हत्या गरिएको छ।'

प्रकाशित : मंसिर १७, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?