१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अमेरिकाको विद्यालयमा गोली चल्दा ३ को मृत्यु, ८ घाइते

रासस/एएफपी

अक्सफोर्ड — अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहारमा कम्तीमा ३ जनाको मृत्यु भएको छ । देशको ओक्ल्यान्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मंगलबार घटना भएको हो । विद्यालयका १५ वर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका ३ जनाको मृत्यु भएको हो भने अरु ८ जना घाइते भएका हुन् ।

अमेरिकाको विद्यालयमा गोली चल्दा ३ को मृत्यु, ८ घाइते

गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन् । घाइते भएकामध्ये एक जना शिक्षक रहेका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु भएका ३ जनामध्ये दुई जना छात्रा रहेका छन् भने एक जना छात्र रहेका छन् ।


प्रकाशित : मंसिर १५, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?