कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अष्ट्रेलियाको संसद्‍मा यौन उत्पीडनका घटना बढेको खुलासा

एजेन्सी

सिड्नी — अष्ट्रेलियाको संघीय संसद्‍का कम्तीमा एकतिहाइ कर्मचारीहरू यौन दुर्व्यवहारको शिकार बन्ने गरेको खुलासा भएको छ ।

अष्ट्रेलियाको संसद्‍मा यौन उत्पीडनका घटना बढेको खुलासा

संसद्‍की पूर्वकर्मचारी ब्रिटेनी हिगिन्सले आफू मन्त्रालयभित्रै समकक्षीबाट बलात्कृत भएको बताएपछि उक्त रिपोर्ट सार्वजनिक भएको हो । गत वर्ष उनको आरोपसँगै तीव्र रुपमा अभियान नै फैलिएको थियो ।

'सेट द स्टान्डर्स' शिर्षकको उक्त रिपोर्ट अनुसार ५१ प्रतिशत कर्मचारीहरूले कुनै न कुनै प्रकारको धम्कीको अनुभव, साथै प्रयास वा वास्तविक रुपमा नै यौन दुर्व्यवहार भोगेका थिए ।

यस्तो रिपोर्ट आएपछि सांसद्‍सहित उच्च अधिकारीहरूले त्यस्ता गतिविधिको आलोचना गरेका छन् । प्रधानमन्त्री स्कट मोरिसनले उक्त खुलासाले आफूलाई अचम्भित तुल्याएको भन्दै यसलाई डरलाग्दो घटनाको रुपमा व्याख्या गरेका छन् ।

जवकि संसद्‍मा महिलामाथि हुने विभेद्का घटनालाई अनदेखा गरेको भन्दै यसअघि पनि प्रधानमन्त्री मोरिसनको आलोचना भएको थियो । मंगलबार संघीय संसद्‍मा पेस गरिएको उक्त रिपोर्टका लागि १ हजार ७ सय २३ जना व्यक्ति र ३३ संस्थासँग अन्तर्वार्ता लिइएको बताइएको छ ।

जस अनुसार ६३ प्रतिशत महिला सांसद्‍हरूले यौन उत्पिडनको अनुभव गरेको खुलासा भएको छ । जुन तथ्यांक कर्मचारीहरूको भन्दा पनि धेरै हो । महिलाहरूलाई कसैले अस्वभाविक रुपमा छुने, चुम्बन गरिदिने, पिठ्यूँमा पिट्ने, आवरणबारे टिप्पणी गर्ने गतिविधिलाई पुरुषहरूले सामान्य रुपमा सोचिदिँदा गलत गतिविधिका लागि प्रोत्साहित गर्ने केही महिला सांसद्‍हरूले प्रतिक्रिया दिएका छन् ।

पूर्वकर्मचारी हिगिन्सले भने उक्त रिपोर्टका लागि आफ्ना अनुभव र उत्पिडन शेयर गरिदिएकोमा उनीहरूप्रति सम्मान प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । गत वर्ष अष्ट्रेलियाको संसद्‍बाट यौनजन्य भिडियो नै सार्वजनिक भएपछि त्यसले ठूलो मुद्दाको रुप लिएको थियो ।

प्रकाशित : मंसिर १४, २०७८ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?