गायिका रिहाना बार्बाडोसको 'राष्ट्रिय हिरो'

बार्बाडोसले बेलायती रानीलाई राष्ट्र प्रमुखबाट हटायो
एजेन्सी

बार्बाडोस — प्रसिद्ध गायिका रिहाना फेन्टीलाई उनी जन्मिएको देश बार्बाडोसले 'राष्ट्रिय हिरो' घोषणा गरेको छ । क्यारिबियन मुलुक बार्बाडोस हालै गणतन्त्र बनेपछि रिहानालाई यस्तो सम्मान दिइएको हो ।

गायिका रिहाना बार्बाडोसको 'राष्ट्रिय हिरो'

रिहानाका प्रशंसकहरूले यस्तो सम्मानको घोषणापछि खुसीयाली मनाएका छन् । यससँगै बार्बाडोसले बेलायती रानीलाई राष्ट्र प्रमुखबाट औपचारिक रुपमा हटाएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको ५५ वर्षपछि बार्बाडोसले यस्तो निर्णय गरेको हो ।

विश्वचर्चित गायिका रिहाना बार्बाडोसको ब्रीजटाउनमा १९८८ मा जन्मिएकी थिइन् । उनलाई हालै राष्ट्रपति डेम सान्द्रा मासोनसहित प्रवुद्ध व्यक्तिहरूका बीच औपचारिका कार्यक्रममा देशकी प्रधानमन्त्री मिया मोटलीले राष्ट्रिय हिरोको घोषणा गरेकी थिइन् ।

यससँगै 'डायमन्ड सिङगर' को रुपमा चिनिने रिहाना बार्बाडोसको ११औं राष्ट्रिय हिरो बनेकी हुन् । तर उनी यस्तो सम्मान पाउने दोस्रो महिला हुन् । राष्ट्रिय हिरो घोषणा समारोहमा प्रधानमन्त्री मोटलीले आफूहरू रिहानाप्रति कृतज्ञ रहने भन्दै उनलाई हिरा जस्तै चम्किरहन सुभेच्छा पनि व्यक्त गरेकी थिइन् ।

यस्तो सम्मान घोषणासँगै रिहानाका प्रशंसकहरूले ट्वीटर लगायत सामाजिक सञ्जालमा उनलाई बधाइ सन्देश दिने ओइरो लागेको छ । ग्रेम्मी अवार्डसमेत जितेकी रिहानाका थुप्रै गीत विश्वभर चर्चामा छन् ।

२००५ देखि सांगीतिक करिअर सुरु गरेकी रिहानाका 'म्युजिक अफ द सन,' 'अ गर्ल लाइक मी,' 'गुड गर्ल गोन ब्याड' लगायत गीत विश्वभर चर्चामा छन् । बार्बाडोसमा जन्मिएकी उनको सांगीतिक करिअर भने अमेरिकाबाट सुरु भएको हो ।

प्रकाशित : मंसिर १४, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?