२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ओमिक्रोनको त्रास : इजरायलले १४ दिनका लागि लगायो विदेशीको प्रवेशमा प्रतिबन्ध

काठमाडौँ — कोरोनाभाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन'बाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै इजरायलले १४ दिनका लागि विदेशीहरुलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

ओमिक्रोनको त्रास : इजरायलले १४ दिनका लागि लगायो विदेशीको प्रवेशमा प्रतिबन्ध

इजरायलमा समेत एकजना ओमिक्रोन भेरियन्टबाट संक्रमित फेला परेको बताइएको छ ।

यस्तै, विश्वका विभिन्न मुलुकहरुले पनि दक्षिण अफ्रिका र केही उसका छिमेकी मुलुकबाट हुने हवाइयात्रामा प्रतिबन्ध लगाएका छन् । केही देशले भने अफ्रिकाबाट यात्रा गर्नेहरुलाई अनिवार्य क्वारेन्टिन र परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोनलाई 'भेरियन्ट अफ कन्सर्न' बताएसँगै त्यसबाट संक्रमित हुनेहरु विश्वका विभिन्‍न देशमा देखिन थालेका छन् । डब्लूएचओले ओमिक्रोन भेरियन्ट कत्तिको संक्रामक छ भनेर यकिन हुन अझै केही साता लाग्ने बताएको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?