१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नियुक्त भएको केही घण्टामै किन दिइन् स्विडेनकी प्रथम महिला प्रधानमन्त्रीले राजीनामा ?

काठमाडौँ — स्विडेनकी प्रथम महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घण्टामै राजीनामा दिनुपरेको छ । बुधबार म्याग्डलेना एन्डरसन स्विडेनको प्रथम महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकी थिइन् । तर सत्ता साझेदार गठबन्धन दलले उनलाई दिएको समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिनु परेको हो ।

नियुक्त भएको केही घण्टामै किन दिइन् स्विडेनकी प्रथम महिला प्रधानमन्त्रीले राजीनामा ?

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि बजेट पनि पारित हुन सकेको थिएन । उनले सभामुखसँग आफूले राजीनामा दिने कुरा बताइसकेको पनि पत्रकारहरूलाई जानकारी गराएकी थिइन् ।

सत्ता साझेदार दल ग्रीन्स पार्टीले 'अति दक्षिणपन्थीहरूसँग मिलेर तयार पारिएको बजेट' स्वीकार गर्न नसक्ने भन्दै समर्थन फिर्ता लिएको हो । एन्डरसनले आफू एकल ठूलो पार्टीका नेताका रूपमा फेरि मुलुकको प्रधानमन्त्री बन्ने विश्वास व्यक्त गरेकी छिन् ।

स्विडेनको प्रधानमन्त्री रहिरहनका लागि उनलाई बहुमत सदस्यले विपक्षमा मत नदिए मात्र पुग्ने थियफ । स्विडेनमा महिलालाई मताधिकार दिइएको करिब १०० वर्षपछि ५४ वर्षीय समाजवादी प्रजातान्त्रिक नेता एन्डरसन प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । ३४९ सदस्य रहेको स्विडिस संसद् रिक्स्दागमा एन्डरसनविरुद्ध १७४ जनाले भोट हालेका थिए भने उनको पक्षमा ११७ जना थिए । त्यस्तै ५७ जना सांसद अनुपस्थित भएका थिए ।

पौडी खेलाडीका रूपमा आफ्नो करिअर सुरु गरेकी एन्डरसनले सन् १९९६ मा तत्कालीन प्रधानमन्त्री गोरान पेर्सनको राजनीतिक सल्हाहकारका रूपमा राजनीति सुरु गरेकी थिइन् । त्यस्तै उनले गएका ७ वर्ष मुलुकको अर्थमन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रकाशित : मंसिर ९, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?