२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कोरोना संक्रमणबाट मार्चसम्म युरोपमा थप ७ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी 

काठमाडौँ — केही समयता युरोपमा कोरोना संक्रमण पुन: बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आउने मार्चसम्म युरोपमा थप ७ लाख व्यक्तिको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । 

कोरोना संक्रमणबाट मार्चसम्म युरोपमा थप ७ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी 

युरोपेली क्षेत्रमा रहेका ५३ देशमा हालसम्म कोरोना संक्रमणबाट १५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ। संगठनले सन् २०२२ को मार्चसम्म तीमध्य ४९ देशका सघन उपचार कक्षमा बिरामीको उच्च चाप हुने जनाएको छ ।

युरोपमा अहिले कोरोना संक्रमण पुन: उकालो लागेको छ । अष्ट्रियामा लकडाउन लागू गरिएको छ भने अरु देशले पनि प्रतिबन्ध लगाइरहेका छन् ।

मंगलबार संगठनले आउँदो वसन्तसम्म कम्तीमा युरोपमा मृत्यु हुनेको संख्या २२ लाख पुग्न सक्ने अनुमान रहेको बताएको छ । युरोपेली देशमा अहिले कोरोनाबाट मृत्यु हुनेको सख्या दोब्बर हुन पुगेको छ । संगठनका अनुसार संक्रमण बढ्नुमा एक त सबैले खोप लगाइसकेका छैननन् त्यसमाथि डेल्टा भेरियन्ट पनि प्रमुख कारण हो ।

संगठनका युरोपका निर्देशक डा. ह्यान्स क्लुगले खोप नलगाएकालाई तुरुन्त खोप लगाउन अनुरोध गरेका छन् । विश्वभर हालसम्म कोरोनाबाट २५.९ करोड व्यक्ति संक्रमित भइसकेका छन् भने ५१.७ लाख व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?