१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बुल्गेरियामा बसमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु

मृत्यु हुनेहरूमा अधिकांश नर्थ म्यासेडोनियाका पर्यटक

काठमाडौँ — बुल्गेरियामा एउटा बसमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान पश्चिमी बुल्गेरियामा गुडिरहेको बसमा आगलागी भएको हो । मृत्यु हुनेहरूमा अधिकांश नर्थ म्यासेडोनियाका पर्यटक रहेको अधिकारीले बताएका छन् ।

बुल्गेरियामा बसमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु

दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरूको राजधानी सोफियास्थित अस्पतालमा उपचार भइरहेको छ । बसमा ५३ जना रहेको बुल्गेरियाका आन्तरिक मामिलामन्त्री निकोलाई निकोलोभले जानकारी दिएका छन् ।

राजधानी सोफियाबाट ४५ किलोमिटर पश्चिममा रहेको स्ट्रुमा राजमार्गमा बिहान २ बजेतिर दुर्घटना भएको हो । दुर्घटनास्थलको निरीक्षणमा बुल्गेरियाका प्रधानमन्त्री स्टेफन यानेव पनि पुगेका थिए । नर्थ म्यासेडोनियाका विदेश मन्त्री बुयार ओस्मानीका अनुसार पर्यटकको टोली इस्टानबुलबाट स्कोप्ये फर्किरहेकफ थियो ।

प्रकाशित : मंसिर ७, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?