कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलारुस-पोल्याण्ड सीमाक्षेत्रमा रोकिएन आप्रवासी संकट

एजेन्सी

काठमाडौँ — बेलारुसको सीमाक्षेत्रमा हजारौं आप्रवासीहरू अझै अलपत्र परेका छन् । पोल्याण्ड प्रवेश गर्न खोजेका उनीहरू बेलारुसबाट लखेटिएको बताइएको छ ।

बेलारुस-पोल्याण्ड सीमाक्षेत्रमा रोकिएन आप्रवासी संकट

केही सातादेखि नै उनीहरू यस क्षेत्रमा क्याम्प खडा गरेर नयाँ निकासको लागि सीमाक्षेत्रमै बसिरहेका छन् । यसबीचमा पटकपटक सुरक्षाकर्मीहरूसंग झडपसमेत भएको छ ।

सुरक्षित भविष्यका लागि युरोप प्रवेश गर्न खोजिरहेका उनीहरू मध्यपूर्वका विभिन्न देशबाट आएका हुन् । तीमध्ये केहीलाई पछिल्लो समय स्वदेश फिर्ता गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

बेलारुसको पूर्वी सीमाक्षेत्रमा आप्रवासीहरूको पछिल्लो अवस्थालाई लिएर मानव अधिकारकर्मीहरूले पनि चासो र चिन्ता व्यक्त गरेका छन् । यसलाई आप्रवासी संकटको रुपमा व्याख्या गरिएको छ । साथै उक्त मुद्दालाई लिएर राजनीतिक नेतृत्वसहित कतिपय देशका उच्च अधिकारीहरू विभाजित बनेका छन् ।

तैपनि बेलारुस वा पोल्याण्डले सीमाक्षेत्रको यो संकटलाई समाधान गर्न सकेका छैनन् । यसैबीच उक्त मुद्दालाई लिएर पोल्याण्डमासमेत राजनीतिक नेतृत्वबीच मतभेद हुँदैआएको छ ।

प्रकाशित : मंसिर ५, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?