१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सोमालियाका प्रख्यात पत्रकार गुलेद आत्मघाती हमलामा मारिए

एजेन्सी

मोगादिसु — सोमालियाका प्रख्यात पत्रकार अब्दियाजिज मोहमसद गुलेद आत्मघाती वम हमलामा मारिएका छन् । इस्लामिस्ट लडाकू समूहको आलोचकको रुपमा चिनिएका पत्रकार अब्दियाजिजको आइतबार राजधानी मोगादिसुमा हत्या भएको हो ।

सहरको रेस्टुरेन्टबाट निस्कँदै गर्दा मध्यान्हमा उनीमाथि हमला भएको हो । उक्त घटनामा अरु दुईजना घाइते भएका छन् । घाइतेहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

अल शबाबले यस घटना आफूले गराएको दाबी गरेको छ । अब्दियाजिज अफ्रिका नामले समेत चिनिने पत्रकार रेडियो मोगादिसुमा कार्यरत थिए ।

प्रहरीले जनाए अनुसार रेस्टुरेन्ट नजिकै एउटा कारको अगाडि आक्रमणकारीहरूले बम विस्फोट गराएका थिए । सोमाली प्रधानमन्त्री मोहमद हुसेन रोबलले घटनाप्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदा प्रकट गरेका छन् । साथै उनले पत्रकार गुलेदलाई 'राष्ट्रिय हिरो' को रुपमा प्रशंसा गरेका छन् ।

गुलेद विशेषगरी प्रभावशाली अन्तर्वार्ता लिने पत्रकारको रुपमा देशभर प्रख्यात थिए । उनी सशस्त्र लडाकू समूह अल शबाबको आलोचकको रुपमा पनि चिनिन्थे । सोमालियामा सक्रिय अल शबाबले भने २०१० यता ४ हजार हत्याको जिम्मेवारी लिएको छ ।

प्रकाशित : मंसिर ५, २०७८ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?