कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जापानको प्रधानमन्त्रीमा पुनः किशिदा निर्वाचित

सिन्ह्वा

टोकियो — जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष  फुमिओ किशिदा पुनः निर्वाचित भएका छन् ।

जापानको प्रधानमन्त्रीमा पुनः किशिदा निर्वाचित

संसद्को विशेष अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन् ।

गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनले मन्त्रिपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ ।

छोटो समयका लागि सञ्चालन गरिएको संसद्को विशेष अधिवेशनको अरु पनि केही महत्वपूर्ण कामहरु गरेको त्यहाँको संसद् सचिवालयले जनाएको छ । नयाँ सरकारले कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । अर्थतन्त्रलाई चलायमान गराउन सरकारले ‘गो टु ट्राभल’ अभियान समेत चलाउने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित : कार्तिक २४, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?