१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ट्याक्सी चालकलाई तालिबानको निर्देशन- 'अरु बन्दुकधारीलाई नबोक'

एजेन्सी

काबुल — तालिबानले पूर्वी प्रान्त नान्गहर प्रान्तका ट्याक्सी चालकहरूलाई तालिबान वाहेकका अन्य हतियारधारीलाई लिएर यात्रा नगराउन निर्देशन दिएको छ ।

ट्याक्सी चालकलाई तालिबानको निर्देशन- 'अरु बन्दुकधारीलाई नबोक'

स्थानीय मिडियाका अनुसार तालिबान सम्बद्ध हतियारधारीहरूलाई मात्रै यात्रा गराउनुपर्ने तालिबान सरकारले निर्देशन दिएको हो । नान्गहर प्रान्तस्थित कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

यदी ट्याक्सीमा कुनै संदिग्ध बन्दुकधारी व्यक्ति देखेमा प्रान्तका अधिकारीहरूलाई जानकारी दिन पनि तालिबानले जारी गरेको विज्ञप्तिमा जनाएको छ । तालिबानको उक्त निर्देशन अफगानिस्तानको पूर्वी प्रान्तहरूमा सक्रिय रहेका भनिएका 'आईएसआईएस-के' सशस्त्र समूहलाई लक्षित गर्दै सार्वजनिक भएको बताइएको छ । यद्यपि विज्ञप्तिमा कुनै विशेष समूहको नाम उल्लेख गरिएको छैन ।

साथै अफगानिस्तानमा सशस्त्र समूहको आक्रमण तीव्र भइरहँदा तालिबान सरकारबाट यस्तो निर्देशन आएको हो । अगस्ट १५ मा यहाँ तालिबानले सत्ता कब्जा गरेपछि नै आईएसआईएसले विभिन्न क्षेत्रमा सक्रियता बढाएको बताइन्छ ।

प्रकाशित : कार्तिक २१, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?