कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गुडगाउँमा मुस्लिम प्रार्थना रोक्दै हिन्दु कार्यक्रम

एजेन्सी

भारत — नाजिस मोहम्मद हरेक दिन गुडगाउँस्थित आफ्नो सेलुन नजिकै रहेको सार्वजनिक स्थलमा प्रार्थना गर्न जान्थे । तर यस शुक्रबार उनका लागि प्रार्थना गर्ने ठाउँ थिएन । 'आज म कतै नमाज पढ्नसक्छु जस्तो नै लागेन' नाजिसले भने ।

गुडगाउँमा मुस्लिम प्रार्थना रोक्दै हिन्दु कार्यक्रम

यसको कारण के भने उनले नमाज पढ्ने उक्त खुला मैदानमा हाल दसौं हजार हिन्दु समूह भेला भई धार्मिक सभा तथा कार्यक्रम गरिरहेका छन् । जहाँ भाजपासँग आवद्ध कपिल मिश्रसहित थुप्रै राजनीतिज्ञ र हिन्दु पूजारीहरू सहभागी छन्। मिश्र त्यस्ता नेता हुन् जसमाथि गत वर्ष नयाँदिल्लीमा धार्मिक हिंसा भड्काएको आरोप लागेको थियो । जुन हिंसामा अधिकांश मुस्लिमसहित ५३ जना मारिएका थिए ।

मुस्लिम प्रार्थनाको अनुमति खारेज

शुक्रबारको उक्त कार्यक्रम त्यस्तो बेलामा आएको छ कि यसअघि उत्तर भारतको हरियाणाका अधिकारीहरूले गुडगाउँमा ३७ मध्ये ८ वटा सार्वजनिक स्थलमा प्रार्थना अनुमति खारेज गरिसकेका छन् । '८ वटा स्थान प्रार्थनास्थलमा अनुमति खारेज गरिएको छ,' गुडगाउँ प्रहरीले मंगलबार विज्ञप्तिमार्फत् भनेको छ । विज्ञप्तिमा भनिएको छ, 'यदी अन्य ठाउँमा बासिन्दाहरूले आपत्ति उठाए भने त्यहाँ पनि प्रार्थना गर्ने अनुमति रद्द गरिनेछ ।'

हिन्दु समूहहरूले हप्तौँदेखि धार्मिक गीत तथा नारावाजी गरेसँगै प्रहरीले यहाँ मुस्लिमहरूको प्रार्थनामा रोक लगाएको हो । हिन्दुहरूको छाता संगठन संयुक्त हिन्दु संघर्ष समितिले यसअघि नै यदी प्रहरीले मुस्लिम प्रार्थना रोक्न नसकेमा आफूहरूले नै रोक्ने चेतावनी दिएको छ ।

यसबीचमा उक्त समितिका नेताहरूले नै मुस्लिम प्रार्थना रोक्न आफूहरू लाठी लिएर पनि उत्रनसक्ने भन्दै खुला रुपमा चेतावनी दिएका छन् । साथै सम्भावित असुरक्षा नियन्त्रण गर्ने जिम्मा प्रशासनको भएको भन्दै उनीहरूले आफूहरू जेल जान समेत तयार रहेको बरु मुस्लिम प्रार्थना रोकेरै छाड्ने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गुडगाउँमा २२ वटा मस्जिद छन् । १० लाखभन्दा बढी मानिसको बसोबास रहेको यस ठाउँमा ५ प्रतिशतभन्दा कम मुस्लिम छन् । 'शुक्रबारको प्रार्थनाका लागि हाम्रो नजिकै कुनै मस्जिद छैन । नजिकैको मस्जिद भनेको ४ किलोमिटर टाढा मात्रै छ,' नजिसले भनेका छन् ।

मुस्लिम नेता तथा सांसद्‍ असदुद्दीन ओवैसीले भने गुडगाउँ प्रशासनले केही क्षेत्रहरूमा शुक्रबार प्रार्थना प्रतिबन्ध लगाउने निर्णय गर्नु भनेको भारतको संविधानको धारा २५ उल्लंघन गर्नु भएको बताएका छन् । जस अन्तर्गत भारतीय नागरिकलाई धर्मको अभ्यास र प्रचार गर्ने अधिकार दिएको छ । 'मेरो धर्म अभ्यास गर्दा वा हप्तामा एक पटक १५ देखि २० मिनेट नमाज पढ्दा कसैलाई कसरी चोट पुग्छ ?' उनले सोधेका छन् ।

साथै उनले यहाँ प्रदर्शन गरेका हिन्दु समूहहरूलाई लक्षित गर्दै उनीहरू कट्टरपन्थी बन्दैगएको र मुस्लिमप्रति उनीहरूको घृणा स्पष्ट देखिएको उनले बताएका छन् ।

यसैबीच भाजपाका नेता तथा गृहमन्त्री अमित शाहले गत साता उत्तरी राज्य उत्तराखण्डमा बीजेपीको चुनावी अभियान सुरु गर्दा मुख्य विपक्षी दलले सडकमा मुस्लिम प्रार्थनालाई अनुमति दिएर 'तुष्टीकरणको राजनीति' गरेको बताएका थिए।

तर गुडगाउँका मुस्लिम नेता तथा बासिन्दाहरू भने यहाँका हिन्दु बासिन्दाहरू आफ्नो विरुद्धमा नभएको तर केही सिमित नेताहरूले यस्ता गतिविधि गर्ने गरेको बताउँछन् । पछिल्लो शुक्रबार प्रार्थना रोक्ने काममा केही सिमित व्यक्तिहरूको हात रहेको मुस्लिम एकता मञ्चका नेताहरूको भनाइ छ ।

(अलजजिराबाट)


प्रकाशित : कार्तिक १९, २०७८ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?