२ अर्ब ५० करोड वर्ष पुरानो धातुमा प्राचीन जीवका प्रमाण भेटिए- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ अर्ब ५० करोड वर्ष पुरानो धातुमा प्राचीन जीवका प्रमाण भेटिए

एजेन्सी

काठमाडौँ — वैज्ञानिकहरुका अनुसार २ अर्ब ५० करोड वर्ष पुरानो बहुमूल्य धातु माणिकभित्र प्राचीन जीवका केही चिन्ह भेटिएको छ।

क्यानेडियन वैज्ञानिकहरुले हालै ग्रीनल्याण्डबाट निकालिएको नमुना माणिकमा यस्तो प्रमाण पत्ता लगाएका हुन् । कार्बनमा कुदिएका रसायनिक छापले आदिम जीव भएको प्रमाण दिएको बताइएको छ ।

"माणिकभित्र भएको कार्बन साच्चिकै अद्वितीय छ । माणिकका धातुमा यस्ता प्राचीन जीवका प्रमाण हामीले पहिलो पटक देखेका हौँ," क्यानडास्थित यूनिभर्सिटी अफ वाटरलूका प्राध्यापक क्रिस याकिमचुकले बताएका छन् ।

प्राध्यापक क्रिसको नेतृत्वमा सात अनुसन्धाताको टोलीले जीवबारे यस्तो रहस्य फेला पारेको हो । जस अनुसार २ अर्ब ५० करोड वर्ष पुरानो चट्टानमा भएको कार्बनलाई उनीहरुले अद्वितीय मानेका छन् ।

वैज्ञानिकहरुका अनुसार यो त्यस्तो समय थियो जतिबेला वायुमण्डलमा अक्सिजनको अभाव थियो र एकल-कोशिकाको जीवन थियो । र सूक्ष्म जीवहरूको मात्रै अस्तित्व थियो ।

वैज्ञानिकहरूले माणिकको भूविज्ञानबारे अध्ययनको क्रममा ग्रीनल्याण्डमा चट्टान भेटाएका थिए । जहाँ उनीहरुले थप गहिराइमा अध्ययन गर्न पाएका हुन् ।

प्रकाशित : कार्तिक ९, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

एमाले बागलुङका ३ पालिकामा निर्विरोध अध्यक्ष चयन

प्रकाश बराल

बागलुङ — नेकपा एमालेको मंगलबार सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका तीन पालिकामा निर्विरोध अध्यक्ष चयन भएका छन् ।


गलकोट नगरपालिकामा पूर्णबहादुर काउचा निर्विरोध अध्यक्षमा चयन भएको पार्टी सचिव विष्णु भुसालले बताए । त्यस्तै ताराखोला गाउँपालिकामा ऋषिराम रोका र तमानखोला गाउँपालिकामा तारानाथ सिर्पाली अध्यक्ष भएका हुन् ।

रोका नेकपा एकीकृतबाट एमालेमा प्रवेश गरेका थिए भने अरु एमालेकै पुराना कार्यकर्ता हुन् । पदाधिकारी भने बुधबारसम्म मात्रै टुंगो लाग्ने गरी नेताहरु छलफलमा जुटेका छन् ।

बागलुङ नगरपालिकामा हालका अध्यक्ष धनबहादुर परियार र प्रेस चौतारीका सचिव रामकृष्ण शर्माबीच प्रतिष्पर्धा छ । पार्टीले मिलाउने प्रयास गरेको र बुधबारसम्म निर्विरोध बनाउने प्रयास भएको जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले बताए । अन्य पालिकामा पनि बुधबारसम्म परिणाम आउने उनले जानकारी दिए ।

जिल्लाका १० पालिकामध्ये मंगलबार ७ वटामा मात्रै अधिवेशन सुरु भएको थियो । जैमिनी नगरपालिका, निसीखोला र बरेङ गाउँपालिकामा भने तयारी नपुगेको भन्दै अधिवेशन स्थगित भयो । कात्तिक १३ गतेसम्ममा ती पालिकामा अधिवेशन गराउने तयारी भएको सापकोटाको भनाइ छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×