सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा २० को मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा २० को मृत्यु

रासस, सिन्ह्वा

मोगादिसु — सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र अरु तीन जना यहाँको राष्ट्रिय सेनाका सदस्य रहेका छन् । सोमालियाली सेनाका एक अधिकारीले सो भिडन्तका क्रममा अरु ४० जना विद्रोही घाइते भएका बताएका छन् ।

शनिबार बिहान सोमाली सेनाले सहयोग गरेको गालमुदग समूह र यहाँको इस्लामिक विद्रोही समूहका बीचमा लामो समयसम्म भिडन्त भएको थियो । भिडन्तपछि कतिपय इस्लामिक विद्रोही समूहका उच्च तहका कमाण्डरहरु पनि मारिएको बताइएको छ । सो नगरमा यसअघि विद्रोहीले कब्जा गरेको जनाएका थिए । सो कब्जाबाट छुटाउनका लागि यहाँको सेनाले पनि आफ्नो समर्थनको सशस्त्र समूहलाई अघि सारेको थियो ।

शनिबारको लामो भिडन्तपछि उक्त नगर विद्रोहीको कब्जाबाट फिर्ता लिइएको सोमाली सेनाले जनाएको छ । सो नगरमा पहिले पनि यस्तै प्रकारको भिडन्त हुँदा दर्जनौँ मानिसको ज्यान गएको थियो ।

प्रकाशित : कार्तिक ७, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्

ब्रुनाईका राजकुमार अजिमको निधन  

रासस, सिन्ह्वा

बन्दर सेरी बेगावान — ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार निधन भएको छ । उनी ३८ वर्षका थिए । 

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी हसनल बोल्किआका दोस्रो पुत्र हुन् ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक नभए पनि उनी लामो समयदेखि बिरामी रहेको बताइएको छ । राजकुमार अजिमले इन्टरनेसनल स्कुल ब्रुनाई र्‍याफल्स इन्स्टिच्युसन तथा अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका थिए ।

प्रकाशित : कार्तिक ८, २०७७ २०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×