चीनको नयाँ कानुन : बालबालिकालाई गृहकार्य कटौती, अनलाइन गेममा सीमित समय

एजेन्सी

बेइजिङ — चीनका स्कुले विद्यार्थीहरुलाई अब प्रमुख विषयमा गृहकार्य र शिक्षण दबाब कम गरिएको छ । चीनले हालै पास गरेको शिक्षा कानुन अनुसार अब यहाँका विद्यार्थीहरुलाई त्यस्तो दबाब हटाउँदै अतिरिक्त क्रियाकलापमा जोड दिइएको छ ।

चीनको नयाँ कानुन : बालबालिकालाई गृहकार्य कटौती, अनलाइन गेममा सीमित समय


चीनले यस वर्ष युवा पुस्ताहरुको गेमको लत छुटाउन र अनलाइन सेलिब्रिटीहरुको अन्धताबाट छुटाउन अभिभावकलाई सक्रिय बनाउने गरी नयाँ अभ्यास सुरु गरेको छ । यदी बालबालिकाहरुले 'ज्यादै खराब व्यवहार' देखाए वा आपराधिक क्रियाकलाप गरे भने उनीहरुका अभिभावक पनि दण्डित हुने व्यवस्था चीनको नयाँ कानुनमा छ । जसले गर्दा बालबालिकाप्रति अभिभावकको जवाफदेहिता बढ्ने अपेक्षा गरिएको छ ।

यद्यपि नयाँ शिक्षा कानुनको पूर्ण पाठ प्रकाशित भइसकेको छैन । नयाँ कानुन अनुसार अब बालबालिकालाई गृहकार्य लगायतका दबाब कम गरी अभिभावकले धेरै समय दिनुपर्ने व्यवस्था ल्याइएको छ । जसअनुसार स्थानीय सरकारले अब अभिभावकलाई उनीहरुले बालबालिकालाई आराम र शारीरिक अभ्यास गराए नगराएको निगरानी समेत गर्नेछन् ।

चीनको शिक्षा मन्त्रालयले पछिल्लो केही महिनायता नाबालिगहरुका लागि अनलाइन गेममा समय कटौती गर्दै शुक्रबार, शनिबार र आइतबार मात्रै केही घण्टा छुट्याएको छ ।

प्रकाशित : कार्तिक ६, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?