साउदीले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । 

कोप २६ सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीका राजकुमार मोहम्मद बिन सलमानले शनिबार यो घोषणा गरेका हुन् । 'म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ,' उनले भने । राजकुमार सलमानले 'साउदी ग्रीन इनिसिएटिभ' फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले घटाउने पनि प्रतिबद्धता जनाएका छन् ।

साउदी ग्रिन एनिसिएटिभले हरेक वर्ष कार्बन उत्सर्जन २७८ मिलियन टन कर्बन उत्सर्जन घटाउने लक्ष्य समेत लिएको छ । सन् २०१८ मा साउदीले ०.६२ गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो ।

गत मार्चमा साउदीले तेल प्रयोग हुने करिब ५० प्रतिशत क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरेर कार्बन उत्सर्जन घटाउने बताएको थियो । साउदीको कार्बन उत्सर्जन घटाउनका लागि सन् २०३० सम्म अर्बौं बिरुवाहरु रोप्‍ने प्रतिबद्धता जनाएको छ ।


प्रकाशित : कार्तिक ६, २०७८ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्

पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गरौं : नेता केसी

रासस

काठमाडौँ — नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले कांग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताए ।

'नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ', उनले भने । महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न केसीले आग्रह गरे ।

लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिए । कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस नुवाकोटका सभापति केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा देखाउन नहुने बताए । पार्टीलाई बचाउने जिम्मा आम कार्यकर्ताको भएको उनको भनाइ थियो । सभापति केसीले पार्टीलाई एकजुट भएर अगाडि बढाउनुपर्ने कुरमा जोड दिँदै निर्वाचनमा सक्षम व्यक्तिलाई टिकट उपलब्ध गराउनुपर्ने उल्लेख गरे ।

प्रकाशित : कार्तिक ६, २०७८ १५:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×