कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अमेरिकी सेनाद्वारा ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको दाबी

कान्तिपुर संवाददाता

वासिङ्टन — अमेरिकी सेनाले उत्तर-पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।

अमेरिकी सेनाद्वारा ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको दाबी

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल-मातार ड्रोन हमलामा मारिएको बताएका छन् ।

रिग्सबीले भने अल-मतरको हत्याले अल-कायदाको 'अमेरिकी नागरिकहरू, हाम्रा साझेदारहरू र निर्दोष नागरिकहरूलाई खतरामा पार्ने, वैश्विक हमला गर्ने र थप षड्यन्त्र गर्ने क्षमतालाई बाधा पुर्याउने छ।'

उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरिएको आक्रमणमा परेको दुई दिन पछि भएको हो । अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते वा मारिएका छैनन् ।

प्रकाशित : कार्तिक ६, २०७८ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?