चिनियाँ जेलबाट भागेका उत्तर कोरियाली : पक्राउ गर्नेलाई २३ हजार डलर इनाम !

एजेन्सी

काठमाडौँ — चीनको उत्तरपूर्वी क्षेत्र जिलिनस्थित जेल तोडेर भागेका उत्तर कोरियाली नागरिक झु छियानजियानलाई पक्राउ गर्न चिनियाँ अधिकारीहरुले २३ हजार अमेरिकी डलर इनाम घोषणा गरेका छन् ।

चिनियाँ जेलबाट भागेका उत्तर कोरियाली : पक्राउ गर्नेलाई २३ हजार डलर इनाम !


झु छियानजियान २०१३ मा अवैध रुपमा चीन प्रवेश गरेका थिए । तीन वर्षपछि उनले ठगी, अवैध रुपमा सीमा पार गरेको लगायत मुद्दामा ११ वर्षका लागि जेल सजाय पाए । तर यतिन्जेल उनी उत्तर कोरियाको देशद्रोही सूचीमा परिसकेका थिए । किनकि उनी उत्तर कोरियाबाट भागेरै चीन आइपुगेका थिए ।

तिनै उत्तर कोरियाली 'देशद्रोही' झु साँझ ६ बजे जेलको गेट छेउबाट भागेपछि जिलिन कारागारले उनको खोजीका लागि पुरस्कार घोषणा गरेको हो । अधिकारीहरुका अनुसार यदी उनको बारेमा प्रहरीलाई सूचना मात्रै दिए पनि उसले १५ हजार ६०० अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

जेलबाट नाटकीय शैलीमा उनी भाग्दै गरेको भिडियो फुटेजसमेत सार्वजनिक भएको छ । फुटेजमा उनी प्रष्टसँग नदेखिए पनि नाटकीय रुपमा भाग्दै गरेको दृश्य देख्न सकिन्छ । भिडियोमा झु कम्पाउन्डको बार नाघेर भाग्दै गरेको दखिन्छ । त्यस क्रममा उनी घरका छतमासमेत चढेका थिए ।

झु को जेलबाट भागेको समाचारले चीनमा मात्रै नभएर बाहिर पनि धेरैको ध्यान खिचेको छ । यसरी जेल तोडेर भाग्ने घटना बिरलै हुने चीनमा झु को समर्थनमा ह्यासट्याग नै सुरु गरियो ।

चीनमा ट्वीटर लगायत सामाजिक सञ्जालमा २२ मिलियनले उनलाई अवलोकन गरेका छन् । तर जेलबाट भागेका अभियुक्त स्वयं चीनमा चर्चित बने । उनी एक अभियुक्त भए पनि धेरैबाट सहानुभूति पाएका छन् । उनको पक्षमा ह्यासट्याग अभियान नै चलाइयो ।

चीनले भने ह्यासट्याग अभियानमा सेन्सर लगाएको बताइन्छ । चीनले यस्तो घटनाप्रति आपत्ति जनाउँदै सेन्सर लगाएको हो । तीमध्ये केही ह्यासट्याग र सामाजिक सञ्जालबाटै हटाइयो ।

अदालतका कागजातहरुका अनुसार २००३ को जुलाइ २१ को रात झु कठिन बाटो हुँदै चीन आइपुगे थिए । उत्तर कोरियामा छँदा उनी कोइला खानीमा काम गर्थे ।

जव उनी चीन आइपुगेपछि जेल परे त्यस अवधिमा उनको काराबास सजाय दुई पटकसम्म कम गरिएको थियो । उनले जेलभित्र रहँदा अनुसाशित भएको, वैचारिक, सांस्कृतिक र व्यवसायीक शिक्षा र श्रममा सक्रिय रुपमा काम गरेको भन्दै उनको सजाय २०१७ र २०२० मा दुईपटक कटौती गरिएको थियो । यसरी उनी नभागेको भए २०२३ को अगस्टमा रिहा गरिँदै थिए ।

मानवअधिकार सम्बन्धी निकायहरुका अनुसार उत्तर कोरियाली देशद्रोहीलाई फेरि स्वदेश फिर्ता गरिदिँदा उनीमाथि तनाब र यौन दुर्व्यवहारसहित कडा दण्ड दिइन्छ ।

प्रकाशित : कार्तिक ५, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?