१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

रामरहिमलाई आजीवन जेल सजाय

एजेन्सी

नयाँदिल्ली — भारतको रणजीत हत्याकाण्डका दोषी रामरहिम सिंहविरुद्ध अदालतले आजीवन कारावासको सजाय सुनाइएको छ । झण्डै दुई दशकअघिको चर्चित हत्याकाण्डको मुद्दामा रामरहिमसहित अरु चार जनाविरुद्ध उक्त सजाय सुनाइएको हो ।

रामरहिमलाई आजीवन जेल सजाय

हरियाणाको पंचकुलास्थित विशेष सीबीआई अदालतले रामरहिमविरुद्ध ३१ लाख भारु जरिवानासमेत तोकेको छ । अरु दोषीको तुलनामा रामरहिमको जरिवाना पनि धेरै रकम हो । जरिवानाको ५० प्रतिशत रकम रणजीत सिंहको परिवारमा जाने बताइएको छ ।

यस घटनाका छैटौँ अभियुक्तको एक वर्षअघि नै मृत्यु भएको थियो । रामरहिम आफ्ना दुई अनुयायीहरुको बलात्कार मुद्दामा २०१७ देखि नै सुनरिया जेलमा रहँदैआएका छन् ।

रामरहिमविरुद्ध अदालतले सजाय सुनाएपछि सम्भावित हिंसा हुनसक्ने भन्दै प्रहरीले पञ्चकुला र सिरसामा कडा सुरक्षा व्यवस्था अपनाएको थियो । डेरा सच्चा सौदाका प्रमुख रामरहिम आफूलाई अध्यात्म गुरु दावी गर्दै प्रवचन समेत दिने गर्थे । तर थुप्रै विवादित र आपराधिक गतिविधिका कारण उनी वर्षौँदेखि आलोचित बन्दैआएका छन् ।


प्रकाशित : कार्तिक १, २०७८ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?