१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अमेरिकी पूर्व विदेशमन्त्री पावेलको कोभिड-१९ का कारण निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाको संक्रमणको कारणको निधन भएको छ । कोलिनको परिवारले अमेरिकी समयअनुसार सोमबार बिहान कोरोनाबाट सिर्जित जटिलताको कारण उनको निधन भएको जनाएका छन् ।

अमेरिकी पूर्व विदेशमन्त्री पावेलको कोभिड-१९ का कारण निधन

अमेरिकाका पहिलो अश्वेत विदेशमन्त्री पावेल ८४ वर्षका थिए । पावेल लामो समयसम्म रिपब्लिकन पार्टीको विदेश नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खोल्दै आएका थिए । उनी अमेरिकी सेनाका पूर्व सेनापति पनि हुन् । उनी अमेरिकाको पहिलो अश्वेत राष्ट्रिय सुरक्षा सल्लाहकार र सेनापति पनि हुन् ।

भियतनाम युद्धबाट शुरु भएको उनको सैनिक जीवन खाडी युद्धमा जीतपछि राष्ट्रियस्तरमा लोकप्रिय बनेको थियो । सन् १९९६ र सन् २००० मा पनि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावना भएपनि चुनावी प्रतिस्पर्धामा खासै रुची नदेखाएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि शुरु भएको 'आतंकवादविरुद्धको युद्ध'मा पावेलकै नेतृत्वमा बुस सरकारले अन्तर्राष्ट्रिय समर्थन जुटाएको थियो । सन् २००२ मा पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । नेपाल भ्रमण गर्ने पावेल उच्च अमेरिकी अधिकारी मध्यमा पर्छन् । माओवादी सशस्त्र विद्रोह सञ्चालन भैरहेको समयमा भएको उनको भ्रमणलाई चासोका साथ हेरिएको थियो ।

प्रकाशित : कार्तिक १, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?