कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भारतको केरलामा बाढीका कारण १५ को मृत्यु

एजेन्सी

नयाँदिल्ली — भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको केरलामा बाढीका कारण १५ को मृत्यु

सेना, प्रहरीसहित स्वयंसेवकहरुको टोली उद्वारका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । आइतबार ती क्षेत्रमा स्थानीयहरु पनि उद्वारमा खटिएका छन् । बाढी प्रभावित क्षेत्रबाट महिला र बालबालिकासहित ३३ जनाको उद्वार गरिएको राष्ट्रिय प्रकोप उद्वार बलका अधिकारीहरुले जनाएका छन् ।

मौसम विज्ञान विभागका अनुसार विभिन्न ११ जिल्लालाई भारी वर्षाको खतरा उन्मुख क्षेत्रमा सूचीकृत गरिएको छ । प्रकोपको अवस्थाबारे छलफल गर्न शनिबार साँझ मुख्यमन्त्री पिनारायी विजयानले बैठक बोलाएका थिए । साथै उनले अलपत्र परेकाहरुलाई उद्वारका लागि सरकारले हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनले राहतको व्यवस्था गर्नेसमेत बताए ।


प्रकाशित : आश्विन ३१, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?