१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कुवेतको सेनामा अब महिला पनि भर्ना हुन पाउने

एजेन्सी

कुवेत — कुवेतका महिलाहरु पनि अब यहाँ सेनामा भर्ना हुन पाउने भएका छन् । कुवेतको रक्षा मन्त्रालयका अनुसार यहाँ सैनिक अधिकृत र जवानमा भर्ना हुन पाउने भएका हुन् ।

कुवेतको सेनामा अब महिला पनि भर्ना हुन पाउने

कुवेत सरकारले यहाँका महिलालाई सेनामा भर्ना खुला गरेको यो पहिलो पटक हो । मंगलबार रक्षामन्त्री हमाद जाबेर अल सबाहले महिलाहरुका लागि अब लडाकूका विभिन्न श्रेणी र अधिकृत तहमा पनि भर्ना खुला गरिएको जानकारी दिए ।

“कुवेतका महिलाहरुका लागि अब उनीहरुका दाजुभाइसँगै सैन्य सेवामा प्रवेश गर्ने अवसर दिने समय आएको छ,” रक्षा मन्त्रालयले जनाएको छ ।

कुवेतका महिलाहरुले २००५ देखि मात्रै मताधिकार पाएका हुन् । वर्तमान संसदमा महिलाहरु नभए पनि २००५ यता उनीहरुले संसद र सरकारमा उपस्थिति जनाइसकेका छन् ।

प्रकाशित : आश्विन २७, २०७८ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?