१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्यमा समस्या देखिएपछि भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको छ । उनलाई नयाँ दिल्ली अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)मा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना 

भारतीय सञ्चार माध्यमका अनुसार सिंहको स्वास्थ्य अवस्थामा बिग्रिएपछि एम्सको कार्डियो न्युरो विभागमा भर्ना गरिएको छ । सिंहलाई उच्च ज्वरो रहेको बताएको छ ।

एनडीटीभीले सिंहलाई ज्वरो र कमजोरी रहेको जनाएको छ । ८९ वर्षीय सिंह सन् २००४ देखि सन् २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका थिए ।

प्रकाशित : आश्विन २७, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?