पत्नीलाई सर्पले डसाएर मार्ने एक भारतीयलाई दोहोरो आजीवन कारावास- विश्व - कान्तिपुर समाचार

पत्नीलाई सर्पले डसाएर मार्ने एक भारतीयलाई दोहोरो आजीवन कारावास

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्नीलाई गोमन सर्पले डसाएर मार्ने एक भारतीय नागरिकलाई दोहोरो आजीवन कारावासको सजाय भएको छ । दोहोरो आजीवन कारावास दुर्लभ मानिन्छ । 

सर्पले डसेर पत्नी उथराको निधन भएपछि गत वर्ष प्रहरीले सुरज कुमारलाई पक्राउ गरेको थियो । घटना भारतको दक्षिणी राज्य केरलको हो ।

दाइजोका लागि पत्नीलाई प्रताडित गर्दै आएको आरोप माइती पक्षले लगाएपछि प्रहरीले हत्याको विषयमा अनुसन्धान सुरु गरेको थियो । सोमबार अदाललते पत्नी ओछ्यानमा सुतिरहेको समयमा उनले कोठामा सर्प छाडेको भन्दै दोषी ठहर्‍याएको थियो । गत वर्षको मे महिनामा २५ वर्षीया उथरा मृत अवस्थामा घरमा भेटिएकी थिइन् ।

त्यसको केही साताअघि मात्रै उथरालाई सर्पले डसेको थियो । दुवै घटनालाई जोड्दै माइती पक्षले शंका गरेको थियो । पहिलो पटक सर्प डस्दा उनी बाँचेकी थिइन् । प्रहरीको अनुसन्धानमा दुवै पटक सुरजले नै सो घटना गराएको खुलेको छ । प्रहरीले सर्प खरिद गर्न सुरजलाई सहयोग गर्न व्यक्तिलाई समेत पक्राउ गरेको थियो । ती व्यक्तिकै सहयोगमा प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो ।

भारतको कानुनसम्बन्धी समाचार दिने वेबपेज 'लाइभल'काअनुसार सुरजले कसरी षडयन्त्र रचे र कसरी पत्नीको हत्या गरे भन्ने विषयमा १ हजार पेजमा आरोप पत्रमा विस्तृत रुपमा चर्चा गरिएको जनाएको छ । अभियोजनकर्ताले सो घटनालाई अति दुर्लभ भन्दै मृत्युदण्डको माग गरेका थिए । न्यायाधीशले पनि सो घटनालाई दुर्लभ भएको स्वीकार गर्दै दोहोरो आजीवन कारावासको सजाय र पाँच लाख रुपैयाँ जरिवानको फैसला गरेका छन् ।

प्रकाशित : आश्विन २७, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेश १ गोलले अगाडि

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबारको खेलमा नेपालविरुद्ध बंगलादेशले पहिलो हाफमा १-० को अग्रता बनाएको छ । बंगलादेशका लागि खेलको ९औं मिनेटमा सुमन रेजाले गोल गर्दै अग्रता दिलाएका हुन् ।

बुधबारको खेलमा जित अथवा बराबरीको नतिजाबाट नेपालले फाइनलको यात्रा तय गर्नेछ । बंगलादेशलाई भने फाइनल यात्रा तय गर्नका लागि जित्नै पर्ने दबाब रहेको छ ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र बंगलादेशबीच अहिलेसम्म सात खेल भएकोमा त्यसमध्ये नेपाल तीनमा विजयी रहेको छ भने चार खेल बंगलादेशको पक्षमा रहेको छ । त्यसमध्ये पछिल्ला तीन खेलमा नेपाल लगातार विजयी रहेको छ ।

समग्रमा नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएका छन् । त्यसमध्ये नेपालमा सातमा विजयी रहेको छ भने चार खेल बराबरीमा टुंगेका छन् । बाँकी १२ खेलमा भने बंगलादेशले जित निकालेको छ । यी दुई टिमबीचका पहिला पाँच खेलमा नेपाल दुईमा विजयी रहेको छ । यस्तै दुई खेल बराबरीमा टुंगेको छ भने एक खेलमा बंगलादेशले सफलता चुमेको छ ।

प्रकाशित : आश्विन २७, २०७८ १७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×