२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दिल्ली अदालत हमलाका पाकिस्तानकी अभियुक्त, जसले झारफुक गरेरै बिताए डेढवर्ष

एजेन्सी

नयाँदिल्ली — भारतको नयाँदिल्लीस्थित उच्च अदालत अगाडि २०११ मा भएको बम हमलामा संलग्न एक अभियुक्तलाई भारतीय प्रहरीले हालै पक्राउ गर्‍यो । दिल्ली प्रहरीले मोहम्मद असरफ नामका ती अभियुक्तलाई पाकिस्तानी आतंकवादी भएको जनाएको छ ।

दिल्ली अदालत हमलाका पाकिस्तानकी अभियुक्त, जसले झारफुक गरेरै बिताए डेढवर्ष

पक्राउपछि प्रहरीले उनीबारे केही नयाँ रहस्य खुलासा गरेको छ। सोधपुछको क्रममा असरफले उच्च अदालतमा हमला गर्नुअघि त्यस क्षेत्र वरपर रेकी गरेको स्वीकार गरेका छन् । यस्तै जम्मू कश्मीरमा आतंककारीहरुले आफ्नै अगाडि सैनिक जवानहरुको अपहरण गरेकोसमेत उनले वयानको क्रममा बताएका छन्।

असरफ २००५ देखि २००६ मा डेढ वर्षभन्दा धेरै राजस्थानमा रहेको र त्यहाँ उनी झारफुक गरेर बसेको वयान दिएका छन् । राजस्थानको अजमेरमा उनले झारफुक गरेर लुकेर बसेको बताएका छन् ।

यसवाहेक उनी जोगीको पहिरनमा पनि केही क्षेत्रमा बसेको बताएका छन् । दिल्ली प्रहरीको अनुसन्धानको क्रममा मोहम्मद असरफको साथमा केही फर्जी परिचयपत्र समेत बरामद गरिएको छ । तीमध्ये एक अहमद नूरी नामको एउटा परिचयपत्र रहेको भारतीय सञ्चारमाध्य दैनिक भास्करले जनाएको छ ।

साथै भारतीय पासपोर्ट लिएर थाइल्याण्ड र साउदी अरबसम्म पुगेको अनुसन्धानमा खुलेको छ । र गाजियाबादमा एक भारतीय महिलासँग विवाह गरी केही समय त्यहाँ बिताएका थिए ।

यस्तै असरफ आईएसआईको सम्पर्कमा समेत पुगेको बताइएको छ । २००१ मा उनी आईएसआईको सम्पर्कमा पुगेको पनि खुलेको छ । दिल्ली प्रहरीका अनुसार उनी पाकिस्तानको पन्जाबस्थित नरोवाल जिल्लाका बासिन्दा हुन्। भारतमा रहने क्रममा उनी सिलिगुढीसम्म पुगेको बुझिएको छ । असरफ त्यहाँबाट बंगलादेशको ढाकासम्म पुगेका थिए ।

प्रकाशित : आश्विन २७, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?