२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अफगानिस्तानलाई यूरोपेली संघको १.२ बिलियन सहयोग

एजेन्सी

रोम — यूरोपियन यूनियनले अफगानिस्तानका लागि १.२ बिलियन यूरोपियन डलर (१ अर्ब २० करोड) सहायता प्याकेज घोषणा गरेको छ ।

अफगानिस्तानलाई यूरोपेली संघको १.२ बिलियन सहयोग

अफगानिस्तानको मानवीय संकटलाई सम्बोधन गर्न मंगलबार जी २० राष्ट्रका नेताहरुको भर्चुअल बैठक बसेको थियो । इटालीले आयोजना गरेको उक्त बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी थिए । जवकि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बैठकमा आफ्ना प्रतिनिधि पठाएका थिए ।

बैठकको क्रममा यूरोपेली आयोगका प्रमुख उर्सुला भोन देर लेएनले अफगानिस्तानका लागि सहयोग प्याकेज घोषणा गरेका थिए । अफगानिस्तानमा उत्पन्न मानवीय र सामाजिक आर्थिक पतनलाई रोक्नका लागि यस्तो सहयोग राहत घोषणा गरेको बताइएको छ ।

यूरोपियन यूनियनले यसअघि अफगानिस्तानमा तत्काल मानवीय आवश्यकताका लागि सहयोग राहत घोषणा गरेको थियो । अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहयोग रोकिरहँदा यूरोपियन यूनियनको उक्त सहयोगलाई प्रत्यक्ष सहयोग भनिएको छ । जुन अफगानिस्तानमा कार्यरत अन्तर्राष्ट्रिय संगठनहरुमार्फत् हुनेछ । तर उक्त सहयोग तालिबान सरकारलाई दिइने नभएको बताइएको छ । जी २० राष्ट्रमा अमेरिकासहित यूरोपियन यूनियन, चीन, टर्की, रुस, भारत, साउदी अरेबिया लगायत समावेश छन् ।

प्रकाशित : आश्विन २६, २०७८ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?