अनपेक्षित हार व्यहोरेपछि चेक रिपब्लिकका राष्ट्रपति अस्पताल भर्ना

एजेन्सी

काठमाडौँ — चेक रिपब्लिकको संसदीय निर्वाचनमा विपक्षी दल अनपेक्षित रुपमा विजयी भएपछि राष्ट्रपति मिलोस जेमान बिरामी भई अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय राष्ट्रपति जेमान अत्याधीक धुम्रपान र मदिराका अम्मली थिए ।

अनपेक्षित हार व्यहोरेपछि चेक रिपब्लिकका राष्ट्रपति अस्पताल भर्ना

मधुमेहका बिरामीसमेत रहेका उनी स्वास्थ्य समस्याका कारण ह्विलचेयर प्रयोग गर्छन् । शनिबारको मतदानमा उनी अनपेक्षित रुपमा पराजित भएपछि अचानक भई अस्पताल भर्ना भएका हुन् । केही समययता उनी चिकित्सकहरुको नियमित निगरानीमा थिए ।

राष्ट्रपति जेमानको उपचारमा संलग्न चिकित्सकहरुले आफूहरु उनको स्वास्थ्य समस्याबारे जानकार भएको तर उनको अनुमतिविना कुनै जानकारी दिन असमर्थ रहेको प्रतिक्रिया दिए । चिकित्सकहरुका अनुसार उनको शरीरमा थकान र पानीको मात्रा कमी देखिएको छ ।

बीबीसीका अनुसार जेमानलाई आइतबार बिहान प्रधानमन्त्री अन्द्रेज बबीससँगको भेटघाटपछि अस्पताल लगिएको हो । चेकका मिडियाले प्रशारण गरेका भिडियोमा भने उनलाई अस्पताल लैजाँदै गर्दा स्टाफहरुले उनको टाउको समाइरहेको देखाइएको थियो ।

प्रधानमन्त्री बबीस र उनको पार्टी एएनओ चार वर्षको सत्ता सञ्चालनपछि शनिबार पुन: निर्वाचनको माग गरेको थियो । तर उनीहरु स्पोलु गठबन्धनबाट पराजित भएका छन् । स्पोलु गठबन्धनले नयाँ सरकार गठनका लागि पहल सुरु गरिसकेको छ ।

जवकि राष्ट्रपति जेमानले चुनावअघि सरकार गठनका लागि गठबन्धन नभएर सबैभन्दा ठूलो एकल पार्टीलाई विजेता छान्ने बताएका थिए । जसअनुसार बबीसको पार्टी एएनओ संसदको ठूलो पार्टी थियो ।

चेकको संविधान अनुसार राष्ट्रपति पद खाली भएमा संसदको तल्लो सदनलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार छ। राष्ट्रपति जेमान पछिल्लो समय लैंगिक अल्पसंख्यकहरुबारे विवादास्पद अभिव्यक्ति दिएर सार्वजनिक रुपमा आलोचित बन्दैआएका छन् ।

प्रकाशित : आश्विन २४, २०७८ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?