नोबेल विजेता मारिया भन्छिन्: पत्रकार बन्‍न धेरै गाह्रो र खतरनाक छ

एजेन्सी

मनिला — यस वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित फिलिपिन्सकी पत्रकार मारिया रेसाले आफूले प्राप्त गरेको पुरस्कार विश्वका सबै पत्रकारहरुका लागि भएको प्रतिक्रिया दिएकी छन् ।

नोबेल विजेता मारिया भन्छिन्: पत्रकार बन्‍न धेरै गाह्रो र खतरनाक छ

साथै उनले प्रेस स्वतन्त्रताका लागि आफू निरन्तर लडिरहने प्रतिवद्धता व्यक्त गरिन् । "यो वास्तवमै विश्वका सबै पत्रकारका लागि हो," रेसाले भनिन्, "हामीलाई धेरै मोर्चाहरुमा मद्दत चाहिन्छ । र आज पत्रकार बन्न धेरै गाह्रो र खतरनाक छ ।"

फिलिपिन्सस्थित न्युज वेबसाइट 'र्‍यापलर' को सहसंस्थापक तथा प्रमुख रहेकी ५८ वर्षीया रेसालाई शुक्रबार रुसका अर्का पत्रकार दिमित्री मुरातोभसँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कारको घोषणा गरिएको थियो ।

फिलिपिन्सका प्रेस समूह र अधिकारकर्मीहरुले रेसाको पुरस्कारलाई देशकै विजयको रुपमा प्रशंसा गरेका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते २०१६ मा शक्तिमा आएदेखि नै रेसा र र्‍याप्लरले सरकारबाट थुप्रै मुद्दा खेप्नु परेको छ । राष्ट्रपति दुतेर्तेले र्‍यापलरलाई 'फेक न्युज आउटलेट' भनेर आरोप लगाउने गरेका थिए।

प्रकाशित : आश्विन २३, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?