२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रहेनन् 'रामायण' का 'रावण'

कान्तिपुर संवाददाता

काठमाडौँ — 'रामायण'मा रावणको चरित्रमा अभिनय गरेका बलिउड अभिनेता अरविन्द त्रिवेदीको बुधबार बिहान निधन भएको छ । ह्रदयघातका कारण ८२ वर्षीय अभिनेताको निधन भएको हो ।

रहेनन् 'रामायण' का 'रावण'

रामायणका सह-अभिनेता सुनील लहरीले सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको मृत्यु भएको जानकारी दिएका हुन् । 'हामी सबैको प्रिय कलाकार अरविन्दको मृत्यु भएको छ । उनको आत्माले शान्ति पाओस्,' सुनीलले लेखेका छन् ।

केही वर्षयतादेखि उनी बिरामी थिए र हिँड्ने सक्दैन थिए । तीन वर्षमा उनको स्वास्थ्य अवस्था झनै खराब भएको थियो । एक महिनाअघि मात्रै उनी अस्पतालबाट घर फर्केका थिए ।

यो वर्षको सुरुवातमै त्रिवेदीको निधन भएको भन्ने अपवाह फैलिएको थियो । तर सुनीलले नै उनको तस्बिर राख्दै उनी जीवित रहेको जानकारी गराएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार त्रिवेदीको आज नै अन्त्येष्टि गरिँदैछ ।

प्रकाशित : आश्विन २०, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?